उद्योगमन्त्रीबाट यादवको राजीनामा, ग्यास अभाव कि दबाब ?
annapurnapost.com · Fri Sep 11 02:11:20 GMT 2026

काठमाडौं : निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यासको अभाव गराउन ‘उद्योगी र कर्मचारी’ मिलेको आरोप लगाइन्। बुधबार संसदीय समितिमा भनिन्, ‘उद्योगीहरूको पाता नफर्काएसम्म ग्यास सहज हुँदैन, यो मेरो अन्तिम निचोड हो।’ एकातिर ग्यासको चरम अभाव, अर्कोतिर मन्त्रीको विवादास्पद अभिव्यक्ति। अनि, मन्त्री यादवलाई नै पद छोड्न दबाब सिर्जना भयो। बिहीबार पदबाट राजीनामा दिइन्।
मन्त्री यादवमाथि सुरुदेखि नै ग्यास आपूर्ति व्यवस्थापन गर्न नसकेको आरोप थियो। सुरुमा मध्यपूर्वको द्वन्द्वलाई कारक देखाउने गरिए पनि भोटेकोशी बाढीको पीडाले देश आक्रान्त बनेका बेला ग्यासको चरम अभाव देखिएपछि नागरिक तहबाटै सरकारको व्यापक आलोचना हुन थाल्यो। हुन त सरकारले कृष्णभिर पहिरोका कारण ढुवानी गर्न अप्ठ्यारोका कारण ग्यास संकट उत्पन्न भएको बताइरहेको छ। तर, कृष्णभिर पहिरो गए पनि वैकल्पिक मार्गबाट ठूलो संख्यामा उपत्यकामा ग्यास भित्रिएको आयल निगमको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)