दिल्लीमा विश्वका शक्तिशाली नेताहरूको जमघट : पुटिन आइपुगे, सात वर्षपछि भारत आउँदै सी
lokaantar.com

भारतको राजधानी नयाँ दिल्लीस्थित ‘भारत मण्डपम’मा १२ र १३ सेप्टेम्बरमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि विश्वका शीर्ष नेताहरूको आगमन शुरू भएको छ। फेब्रुअरी २०२२ मा युक्रेन युद्ध शुरू भएयता रूसबाहिर हुने कुनै पनि ब्रिक्स सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनको यो पहिलो व्यक्तिगत सहभागिता हो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार रुसी राष्ट्रपति पुटिन ब्रिक्स समिटमा भाग लिन नयाँ दिल्ली आइपुगेका छन् । उनको विमान गएराति करिब ३ बजे नयाँ दिल्लीको विमानस्थलमा अवतरण गरेको हो । उललाई विदेश राज्य मन्त्री केवी सिंहले स्वागत गरे। रेड कार्पेट र गार्ड अफ अनरपछि पुटिनको काफिला मौर्या शेरटन होटलतर्फ प्रस्थान गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)