जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा नीतिगत सामञ्जस्यता आवश्यक: सरोकारवाला
makalukhabar.com · Tue May 26 07:41:20 GMT 2026

काठमाडौँ । जलवायु परिवर्तन र विपद् व्यवस्थापनलाई अलग–अलग विषयका रूपमा हेर्ने विद्यमान परिपाटीले जोखिम बढाएको भन्दै विज्ञहरूले नीतिगत र कार्यगत सामञ्जस्यता हुनुपर्नेमा जोड दिएका छन् ।
जलवायुजन्य जोखिमको सामना गर्न स्थानीय समुदायको उत्थानशीलता र ‘हानि–नोक्सानी’ (लस एण्ड ड्यामेज) कोषको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उनीहरूको ठम्याइ छ । जलवायु विज्ञ डा। धर्म उप्रेतीले प्रकोपलाई वैज्ञानिक दृष्टिले बुझ्नुपर्ने बताउँदै सरकारी निकायहरूबीच एकीकृत कार्ययोजनाको माग गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)