आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
nepallive.com · Fri Sep 11 02:36:10 GMT 2026

काठमाडौं– वैदिक सनातन धर्मावलम्बीले आज पवित्र कुश घरघरमा भित्र्याएर कुशे औँसी तथा बुवाको मुख हेर्ने औँसी मनाउँदैछन्। भाद्रकृष्ण औँसीका दिन मनाइने यस पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने कुश घरमा राख्ने परम्परा छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानको घरमा पुर्याइएको कुश राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा मान्ने गर्छन्। धार्मिक मान्यताअनुसार ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)