सम्पत्ति शुद्धीकरण प्रकरणमा २९ जनाविरुद्ध मुद्दा सिफारिस, करिब २० अर्ब बिगो कायम
barnanmedia.com · Tue May 26 07:54:31 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी Dipak Bhatt, Sulabh Agrawal सहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गर्दै आरोपपत्र सरकारी वकिल कार्यालय काठमाडौंमा पठाएको छ। विभागले करिब रु. २० अर्ब बिगो कायम गरी मुद्दा दर्ता प्रक्रिया अघि बढाएको हो।
विभागले धितोपत्र बोर्ड र बीमा प्राधिकरणबाट प्राप्त प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ। तर कानुनअनुसार ९० दिनभित्र अनुसन्धान प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था भए पनि करिब दुई महिनामै प्रतिवेदन बुझाइएको विषयले प्रक्रिया र निष्पक्षतामाथि प्रश्न उठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)