आज कुशे औंसी, गोकर्णेश्वरमा भक्तजनको घुइँचो (फोटोफिचर)
annapurnapost.com · Fri Sep 11 02:33:40 GMT 2026

काठमाडौं : आज (शनिबार) भाद्र कृष्ण औंसीका अवसरमा देशभर कुशे औंसी तथा बाबुको मुख हेर्ने पर्व श्रद्धा र निष्ठाका साथ मनाइँदै छ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यका लागि आवश्यक पर्ने पवित्र कुश घरघरमा भित्र्याएका छन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी छेदन गरिएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। वर्षको एकपटक शुभ साइत पारेर ब्राह्मणको घरबारी वा पाखामा उम्रिएको कुश ओखल्ने वा काट्ने परम्परा रहँदै आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)