ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत पुगे पुटिन
kendrabindu.com · Fri Sep 11 02:55:18 GMT 2026

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत पुगेका छन्। पुटिनको विमान शुक्रबार बिहान ३ बजेतिर नयाँ दिल्लीमा अवतरण भएको थियो। राष्ट्रपति पुटिनलाई विमानस्थलमा विदेश राज्यमन्त्री केभी सिंहले स्वागत गरे।
रातो कार्पेटले स्वागतपछि उनलाई गार्ड अफ अनर दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पुटिन दिल्लीको मौर्य सेराटन होटलमा बस्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)