कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
corporatenepal.com · Fri Jun 19 03:58:12 GMT 2026

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बसेको बोर्ड बैठकले नतिजा अनुमोदन गरेपछि सार्वजनिक गरिएको हो। बोर्डका अनुसार यस वर्षको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षाको क्रममा आचारसंहिता तथा मर्यादाविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। रद्द गरिएका परीक्षार्थीमध्ये ३० जना नियमित तथा १० जना आंशिकतर्फका रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)