रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग
ratopati.com · Fri Aug 28 17:07:41 GMT 2026

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई रु ५१ लाख १०५ सहयोग गर्ने निर्णय गरेको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले राससलाई जानकारी दिए । शुक्रबार बसेको उक्त बैठकले यही भदौ महिनाको १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)