सर्पदंशबाट बालिकाको मृत्यु प्रकरणबारे बीपी प्रतिष्ठानले भन्यो: पीआइसीयू बेड खाली नभएपछि अन्यत्र रिफर
ratopati.com · Fri Sep 11 03:15:29 GMT 2026

काठमाडौँ । इटहरी-१ निवासी ८ वर्षीया बालिका अशवाना चौहानको सर्पदंशबाट भएको मृत्युको विषयलाई लिएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रतिष्ठानका अनुसार गत भदौ २४ गते देब्रे हातमा सर्पले टोकेर अर्धचेत अवस्थामा ल्याइएकी बालिकाको बच्चा आकस्मिक कक्षमा तत्काल आपत्कालीन उपचार सुरु गरिएको थियो। चिकित्सक टोलीले अभिभावकको अनुमतिमा श्वासप्रश्वास सहज बनाउन ‘इन्टुबेसन’ गर्नुका साथै एन्टी-स्नेक भेनम र नर्मल सलाइन चलाएको तथा उपचारकै क्रममा मुटुको धड्कन कम भएपछि सीपीआर दिएर मुटुको धड्कन सामान्य अवस्थामा फर्काएको प्रतिष्ठानले स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)