युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण; ५ जनाको मृत्यु, ६७ घाइते
ratopati.com · Fri Sep 11 03:41:09 GMT 2026

किभ । युक्रेनको पाभ्लोह्राद सहरमा रुसी ड्रोनले सपिङ मललाई निशाना बनाएर आक्रमण गर्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ६७ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जना बालबालिका रहेको डिनिप्रोपेत्रोभ्स्क क्षेत्रका गभर्नर ओलेक्सान्द्र हान्झाले बताएका छन् ।
युक्रेनी अधिकारीका अनुसार बिहीबार दिउँसो मानिसहरूको चहलपहल रहेको समयमा ड्रोन आक्रमण भएको थियो । आक्रमणमा सपिङ मल आसपासका पसल तथा सवारीसाधनमा क्षति पुगेको बताइएको छ । घटनापछि ठूलो आगलागी भएको थियो भने उद्धारकर्मीहरूले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)