मधेसको वनमा करोडौंको काठ सड्दै
annapurnapost.com · Fri Sep 11 03:40:33 GMT 2026

जनकपुरधाम : मधेसको वन क्षेत्रमा हरेक वर्ष करोडौं मूल्यका काठ कुहिएर, मक्किएर र डढेलोले नष्ट भइरहेको छ। धेरै वनमन्त्री फेरिए, कति वन अधिकृतले कार्यभार सम्हाले तर वनमै ढलेको काठ त्यसै खेर जाने समस्या भने दशकौंदेखि जस्ताको तस्तै छ।
रुख ढल्छ, सुक्छ, किरा लाग्छ, आगलागीमा पर्छ तर त्यसको व्यवस्थापन हुँदैन। न समयमै कटान हुन्छ, न लिलामी, न उपयोग। अन्ततः त्यो काठ वनमै कुहिएर सकिन्छ। यसले वन जोगिएको त देखाउँछ, तर देश र प्रदेशका नागरिकले वनबाट न काठ–दाउरा पाउँछन्, न त राज्यले राजस्व।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)