कर्मचारीको वृत्तिविकास अन्योलमा
gorkhapatraonline.com · Fri Sep 11 03:47:51 GMT 2026

। प्रदेशको ऐनले कर्मचारीको वृत्तिविकासमा अन्योल छाएको छ । कर्णाली प्रदेशले ढिला गरी ऐन जारी त गर्यो तर राप तृतीय श्रेणीको पाठ्यक्रम र योग्यता अनुसार भएको परीक्षा उत्तीर्ण भएका कर्मचारीको वृत्तिविकासमा भने अन्योल सिर्जना गरेको हो ।
कर्मचारीले ऐनका विभेदकारी प्रावधानले आफ्नो वृत्तिविकासमा गम्भीर असर परेको बताएका छन् । विशेष गरी भौगोलिक क्षेत्र (क, ख, ग) मा आधारित कर्मचारी सरुवा र स्तरवृद्धिको व्यवस्थाले योग्य कर्मचारी अन्यायमा परेको स्थानीय सेवा कर्मचारी सञ्जाल कर्णालीका संयोजक विक्रम शाहीले बताउनुभयो । उहाँले स्थानीय सेवा गठन तथा सञ्चालनमा भएको अन्यायपूर्ण व्यवस्थाले कर्मचारीको वृत्तिविकास अन्योलमा परेको भन्दै संशोधन गर्नुपर्ने माग गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)