माथिल्लो त्रिशूली–१ मा बेपत्ता नागरिकको खोजीका लागि तालिम प्राप्त ‘सर्च डग’ परिचालन
baahrakhari.com · Fri Sep 11 03:52:20 GMT 2026

काठमाडौं । बाढीले क्षति पुर्याएको माथिल्लो त्रिशूली–१ को आयोजनामा हराइरहेकाहरुका आज पनि खोजी जारी रहेको छ । सुरुङ तथा हेडबक्समा हराइरहेकाहरुको खोजी जारी रहेको आयोजनाले जनाएको छ ।
खोजीमा नेपाली सेना, नेपाल ड्रोन एशोसियसन, कोरियाली टिम, शेर्पासहितको टिम सहभागी छ भने तालिमप्राप्त सर्च डग पनि परिचालन गरिएको छ । बाढी आउनुअघि त्यस आयोजनास्थलमा एक हजार ४३३ जना कर्मचारी कार्यरत थिए भने ८७८ जनाको मात्रै उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)