लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
gorkhapatraonline.com · Fri Sep 11 04:02:52 GMT 2026

उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका–३, फुवाका पन्चोक गुरुङको घर भूकम्पले भत्किएको छ । मङ्गलबार राति लोमन्थाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ५.३ रेक्टर स्केलको भूकम्पले गुरुङको घरमा पूर्ण क्षति पुगेको हो । गुरुङजस्तै लोमन्थाङ–३, किमलिङका कुङ्गा गुरुङको घरमा पनि चिरा परेको छ ।
भूकम्पबाट फुवा गाउँका कुल १७ घरधुरीमध्ये पाँच घरधुरी बस्नै नहुने गरी चर्किएका छन् भने अन्य घरधुरीमा आंशिक र सामान्य क्षति पुगेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसीनुर्वु गुरुङले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)