करिब छ अर्बको प्रादेशिक संरचनामा क्षति
gorkhapatraonline.com · Fri Sep 11 04:14:08 GMT 2026

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीले बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएका भौतिक पूर्वाधारमा ठुलो क्षति पुर्याएको छ ।
बाढीबाट प्रदेशका विभिन्न जिल्लामा सडक, सडक पुल, झोलुङ्गे पुल तथा सरकारी भवनमा गरी करिब छ अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ र चितवनमा निर्माण भएका प्रादेशिक लोकमार्गलगायतका पूर्वाधारमा क्षति पुगेको छ । तीमध्ये नुवाकोटमा सबैभन्दा बढी क्षति भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर वासुदेव दाहालले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार नुवाकोटमा ३.५ किलोमिटर सडक, सडक पुल र झोलुङ्गे पुल तथा प्रादेशिक कार्यालयका भवनमा क्षति पुगेको छ । बाढीबाट ३.५ किलोमिटर सडकमा क्षति हुँदा करिब १६ करोड रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)