जसपा लुम्बिनीमा सत्ता किचलो: एक सांसद पदमुक्त, चारमाथि पहिले नै कारबाही
lokaantar.com

आन्तरिक किचलोले जनता समाजवादी पार्टी (जसपा) नेपालका लुम्बिनी प्रदेशसभा सांसदहरूको पद संकटमा परेको छ । एक अर्कोलाई कारवाहीको ‘दोहोरी’ चल्दा कुनै सांसद पदमुक्त भएका छन् भने, केहीको पद धरापमा परेको हो ।
पार्टीको निर्देशन उल्लंघन गरेर मुख्यमन्त्री चेतनारायण आचार्यलाई सघाउने संसदीय दलका नेतासहित चार सांसदलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । १ भदौमा मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका चार जना संसदीय दलका नेता सन्तोष पाण्डेय, भण्डारीलाल अहिर, आदेशकुमार अग्रवाल र हेमा बेल्बासे केसीलाई साधारण सदस्य समेत नरहने गरी पार्टी केन्द्रले २० भदौमा कारवाही गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)