इभीमा आगलागी, चालकको मृत्यु
nepalnews.com · Fri Sep 11 04:27:15 GMT 2026

चितवन। भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो। कार पूर्ण रूपमा जलेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)