पहिरोले थुनिएको हुँगा खोला बग्न थाल्यो, तल्लो क्षेत्रमा सतर्कता अपनाउन अनुरोध
kendrabindu.com · Fri Sep 11 04:27:51 GMT 2026

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। केही समय पूर्ण रूपमा थुनिएको खोला करिब ४० मिटर क्षेत्रसम्म पानी जमेर अहिले बग्न थालेको हो।
दूधकोशी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष भोजराज कार्कीले कान्तिपुरसँग टेलिफोनमा कुरा गर्दै भने, ‘खोला ठूलै छ । एकछिन त पूरै थुनिएको थियो । करिब ३५/४० मिटर बढी ड्याम बनेको थियो । अहिले भरिएर माथिबाट बग्न थालेको छ । यद्दपि जोखिम भने कायमै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)