सिद्धार्थ क्यापिटलको १५ औँ वार्षिक साधारणसभा असोज २३ गते
arthasansar.com · Fri Sep 11 04:25:28 GMT 2026

सिद्धार्थ क्यापिटल लिमिटेडले १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । क्यापिटलको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले असोज २३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभा नक्सालमा रहेको होलिडे इन एक्सप्रेसमा अपरान्ह ५ बजे सुरु हुने छ । उक्त सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आ.व. २०८२/०८३ को वार्षिक प्रतिबेदन उपर छलफल गरी पारित गर्ने छ । त्यस्तै आ.व. २०८२/०८३ को लेखापरीक्षणको प्रतिवेदन सहित २०८३ असार मसान्तको वासलात, वार्षिक नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरणहरु माथि छलफल गरी पारित गर्ने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)