नेपाल पर्यटन बोर्डले सीईओ पदका लागि माग्यो आवेदन
nepalnews.com · Fri Sep 11 04:34:53 GMT 2026

काठमाडौँ। नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले भदौ २६ गते सूचना प्रकाशित गर्दै नेपाल पर्यटन बोर्ड ऐन, २०५३ बमोजिम रिक्त रहेको सो पदका लागि योग्य उम्मेदवारबाट आवेदन माग गरेको हो।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन आवेदन पेस गर्न सकिने व्यवस्था गरिएको छ। उम्मेदवार नेपाली नागरिक हुनुपर्ने, प्रचलित कानुन बमोजिम अयोग्य नभएको हुनुपर्ने र तोकिएको अनुभव पूरा गरेको हुनुपर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)