चिलिमेको भूमिगत विद्युत्तगृह नजिक पुगे उद्धारकर्मी
ratopati.com · Fri Sep 11 04:44:36 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीका कारण रसुवा स्थित चिलिमे जलविद्युत आयोजनामा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मीहरूले काम गरिरहेका छन् । उद्धार समन्वयका लागी आयोजना स्थलमा पूर्व उर्जामन्त्री कुलमान घिसिङ पनि खटिएका छन् ।
उद्धारकर्मीहरूले भूमिगत विद्युत्तगृहमा जाने मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो र बालुवा हटाइरहेका छन् । टनेलसम्म हेभी इक्पिमेन्ट लैजान सडक बनाउने काम भइरहेको छ । स्याफ्रुवेशी हुँदै चिलिमेको टनेलसम्म हेभी इक्युपमेन्ट लैजान बनाइएको सडक टनेलको ३० मिटर नजिक पुगेको सैनिक अधिकृतहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)