सोलुखुम्बुको गुदेलमा पहिरोले खोला थुनियो, दूधकोशी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
lokaantar.com

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित गुदेलमा पहिरो खस्दा हुङ्गा (हुङ्कु) खोला थुनिएको छ। माथिबाट खसेको पहिरोका कारण खोलामा करिब १५ मिटर अग्लो र एक सय मिटर लामो बाँध (ड्याम) बनेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक नवीनराज बुढाथोकीले जानकारी दिए।
पहिरोले खोला थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिम बढेको छ। ड्याम फुटेमा त्यसले दूधकोशी नदीमा बाढी ल्याउन सक्ने प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)