गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो
kalakarmi.com · Fri Sep 11 04:49:38 GMT 2026

काठमाडौं- भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनका अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।
विशेषगरी दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको मन्दिर परिसरमा लामो लाइन लागेको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यस तीर्थस्थललाई ‘उत्तरगया’ का रूपमा समेत पुजिने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भन्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)