सरकारले ‘रियल स्टेट’ क्षेत्र बेवास्था गर्दा सिंगो अर्थतन्त्रमा असर देखियोः मल्होत्रा
corporatenepal.com · Fri Sep 11 04:58:04 GMT 2026

काठमाडौं । रियल स्टेट क्षेत्र चलायमान नहुँदा सिंगो अर्थतन्त्रमा समस्या आएको व्यवसायीहरुले बताएका छन् । व्यवसायी दीपक मल्होत्राले घरजग्गा अर्थात रियल स्टेट व्यवसायलाई विभिन्न नीतिगत समस्या र बैंकिङ प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय चलायमान हुन नसकेको र त्यसको असर सिंगो अर्थतन्त्रमा देखिएको बताए ।
‘रियल स्टेटमा आएको कमी कमजोरी अर्थात व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको छ । घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्ट वा अन्य सामग्रीहरुको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ । यो व्यवसायलाई राष्ट्र बैंकले पनि प्राथमिकतामा राखेन । लोन टु भ्यालु रेसियो ७० प्रतिशत न्यूनतम राख्नुपर्छ भन्यौं । उहाँहरुले गर्नुपनि भयो तर केही शब्दका कारण कार्यान्वयनमा आएन । त्यसपछि कुनैपनि निकायले रियल स्टेटलाई प्राथमिकतामा राखेन,’ उनले भने, ‘म दाबीका साथ भन्छु अझैपनि रियल स्टेट क्षेत्रलाई वेवास्ता गरिए सिंगो देशको अर्थतन्त्र गम्भीर असर पर्नेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)