राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन गर्न सातै प्रदेशबाट पाठ्यभार घटाउने सुझाव
nagariknews.nagariknetwork.com · Fri Sep 11 04:58:03 GMT 2026

राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित कार्यशालाबाट पाठ्यभार घटाउनुपर्ने, शिक्षालाई रोजगार तथा उद्यमशीलतामुखी बनाउनुपर्ने र नयाँ प्रविधिसहित कृत्रिम बौद्धिकता (एआई) लाई पाठ्यक्रममा समेट्नुपर्ने सुझाव प्राप्त भएका छन्।
पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ को परिमार्जन प्रयोजनार्थ सातै प्रदेशमा आयोजना गरेको कार्यशालामा सहभागीहरूले वर्तमान पाठ्यक्रमलाई समयसापेक्ष, व्यवहारिक, जीवनोपयोगी र स्थानीय आवश्यकता अनुकूल बनाउनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)