बागलुङमा एक वर्षमा एक अर्ब २९ करोड राजस्व सङ्कलन
gorkhapatraonline.com · Fri Sep 11 05:12:03 GMT 2026

आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब २९ करोड ५३ लाख ३७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले निर्धारित लक्ष्यको ७०.४५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।
चार जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय बागलुङले एक वर्षमा एक अर्ब ८३ करोड ८७ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यको ७०.४५ प्रतिशत अर्थात् एक अर्ब २९ करोड ५३ लाख ३७ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)