एनभीएल : फाइनल पुग्ने लक्ष्यमा कर्णाली र काठमाडौं
kendrabindu.com · Fri Sep 11 05:15:39 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल)को प्लेअफमा शुक्रबार कर्णाली शिवराज र काठमाडौं रेड्स भिड्दै छन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा साँझ ६ बजे हुनेछ ।
कर्णालीले दोस्रो र काठमाडौंले तेस्रो स्थानमा रहँदै प्लेअफको यात्रा तय गरेका हुन् । लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार जित र एक हारको नतिजा निकालेका थिए । दुवै टोली जित निकाल्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा छन् । प्रतियोगितामा यी दुईबीच दोस्रोपटक आमने–सामने हुँदै छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)