रसुवा विपद पीडित व्यवसायीलाई ५ वर्ष करछुट सहित विशेष प्याकेज ल्याउन महासंघ अध्यक्ष श्रेष्ठको माग
clickmandu.com · Fri Sep 11 05:18:00 GMT 2026

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औं साधारणसभामा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)