‘नेपाल अमेरिका फिल्म फेस्टिभल २०२६’ को लाइनअप सार्वजनिक
onlinekhabar.com · Tue May 26 10:34:06 GMT 2026

अमेरिकाको मेरिल्याण्डमा आयोजना हुने नेपाल अमेरिका इन्टरनेसनल फिल्म फेस्टिभल २०२६ ले आफ्नो आधिकारिक लाइनअप सार्वजनिक गरेको छ । नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा हरेक वर्ष आयोजना हुँदै आएको यो फेस्टिभल आगामी जुन २५ देखि २८ तारिखसम्म एएफआई सिल्भर थिएटर एन्ड कल्चरल सेन्टर, सिल्भर स्प्रिङ तथा ग्रिनबेल्ट सिनेमामा सञ्चालन हुनेछ ।
यस वर्षको फेस्टिभलमा नेपालसहित ११ देशका ३८ वटा फिल्म प्रदर्शन गरिने जनाइएको छ । लाइनअपमा छोटा तथा फिचर दुवै विधाका फिल्म समावेश छन् । नेपाल र अमेरिकाका फिल्मकर्मी तथा फिल्म अध्येता सम्मिलित छनोट समितिले फिल्महरू मनोनयन गरेको फेस्टिभल आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)