विश्वकै पूरानो गुम्बाको संरक्षण
gorkhapatraonline.com · Fri Jun 19 06:14:56 GMT 2026

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका –१ मराङमा रहेको ८ औं शताब्दीमा निर्मित विश्वकै पूरानो लो घ्याकर अर्थात घार गुम्बाको जीर्णोद्वार भइरहेको छ ।
बौद्ध धर्मका महान गुरु रिम्पोछे (पद्मसम्भव) ले बनाएको गुम्बा तथा आसपासका क्षेत्रका पुराना सम्पदा जिर्ण भएपछि गाउँपालिकाले बर्षेनी मर्मत तथा संरक्षणका लागि बजेट विनियोजन गर्ने गरेको छ । चालु आर्थिक बर्ष २०८२–८३ सालमा गाउँपालिकाबाट गुम्बा क्षेत्रमा ६० लाखको लागतमा तिलिचन कन्स्ट्रक्सन प्रालिद्वारा छपनी ढुङ्गा बिछ्याउने काम भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)