रुपन्देहीमा अख्तियारको ठुलो 'अपरेसन': कोटहीमाई गाउँपालिकाको ठेक्का घोटालाको जरैदेखि अनुसन्धान सुरु!
barnanmedia.com · Fri Jun 19 06:03:25 GMT 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा ठेक्का व्यवस्थापनका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ । ठेक्का व्यवस्थापनका सम्बन्धमा अनियमितता भएको उजुरीपछि अख्तियारले सम्बन्धित कागजात नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
नदीजन्य पदार्थको उत्खनन्, घाटगद्दी व्यवस्थापन तथा ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा परेको उजुरीका आधारमा अख्तियारको टोली गाउँपालिकामा पुगेर आवश्यक कागजात सङ्कलन गरेको हो । स्थानीयवासीले नदी दोहन, मापदण्डविपरीत उत्खनन तथा बिक्री प्रक्रियामा अनियमितता भएको गुनासो गर्दै आएका थिए
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)