फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने पितालाई ६ महिनाको जेल सजाय
ratopati.com · Fri Sep 11 05:33:52 GMT 2026

पेरिस । फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने एक व्यक्तिलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो घटना फ्रान्सको दक्षिणपश्चिमी सहर टुलुज नजिकैको करिब २ हजार ६ सय जनसंख्या रहेको ले फागा गाउँको हो ।
धम्की दिएको ६ दिनपछि बिहीबार ती व्यक्तिमाथि फाष्ट–ट्र्याक सुनुवाइमार्फत सजाय सुनाइएको हो । आफ्नो छोरालाई अनुशासनमा राखेको भन्दै ती पुरुषले शिक्षिकालाई धम्क्याएका थिए । यस घटनापछि धम्की पाएकी शिक्षिकालाई सरकारी सुरक्षा प्रदान गरिएको छ । स्वास्थ्यको कारण देखाउँदै उनी बिदामा बसेकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)