पोखराका सकुम्बासीका लागि ठाउँ सिफारिस
newsofnepal.com · Fri Jun 19 06:26:21 GMT 2026

पोखरा । पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन गर्न पोखरा महागनरलाई ६ ठाउँको जग्गा सिफारिस भएको छ । जग्गा खोजी समितिले हालै मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको हो । पोखरा–११, रामघाटस्थित पुन समाजले चर्चेको ४६ रोपनी पर्ती जग्गा व्यवस्थापनका लागि उपयुक्त देखिएको समितिले सिफारी गरेको छ ।
त्यस्तै वडा १४, बाच्छे बुडुवा खेलमैदान र भेडी फार्म क्षेत्रको २४८ रोपनी जग्गा, पोखरा–१५, मजुवास्थित ९९ रोपनी, वडा २१, दोबिल्लास्थित ४३० रोपनी र वडा २५ को ८९३ रोपनी जग्गा सुकुम्बासी व्यवस्थापनका लागि उपलब्ध हुन सक्ने सम्भाव्यता समितिले औंल्याएको छ । वडा १७ को प्रगति टोलस्थित २३ रोपनी जग्गामा भने हाल केही सुकुम्बासीहरू बसोबास गरिरहेका छन् । बाँकी खाली जग्गामा पनि थप व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । पहिलो प्रस्तावमा वडा ११, रामघाट क्षेत्रमा रहेको जग्गा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)