लुम्बिनीमा सत्ताको लोभले जसपाभित्र विवाद चर्किँदै : एक–अर्कालाई कारबाही गर्ने होड
ratopati.com · Fri Sep 11 05:39:21 GMT 2026

लुम्बिनी प्रदेशमा जसपा नेपालभित्रको आन्तरिक कलहले राजनीतिक सङ्कट र कानुनी जटिलता दुवै निम्त्याएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने क्रममा पार्टीको निर्देशन नमानेपछि सुरु भएको विवाद अहिले सांसदहरूको पद गुम्ने र अदालतसम्म पुग्ने अवस्थामा पुगेको छ ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा जसपा नेपालका केन्द्रीय महासचिव सुरेन्द्रकुमार झाले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्री र सांसदहरूलाई सरकारबाट बाहिरिन र विपक्षमा मतदान गर्न निर्देशन दिएका थिए । तर, जसपा संसदीय दलले केन्द्रको निर्देशनलाई लत्याउँदै विश्वासको मत दिने निर्णय गर्यो । संसदीय दलका नेता एवं मन्त्री सन्तोषकुमार पाण्डेयले केन्द्रको निर्देशन आउनुअघि नै दलको बैठकबाट समर्थन गर्ने निर्णय भइसकेकाले आफूहरू त्यही निर्णयमा अडिग रहेको तर्क गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)