लक्ष्मी सनराईज क्यापिटल र जेनेसिस भेन्चर्स लिमिटेडबिच आईपीओ निष्काशन व्यवस्थापन सम्झौता
ajakoartha.com · Tue May 26 11:14:00 GMT 2026

काठमाडौं- लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ ।
लक्ष्मी सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र जेनेसिस भेन्चर्स लिमिटेडका अध्यक्ष अनुज राठीले दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको उपस्थितिमा आयोजित विशेष समारोहमा सम्झौतामा औपचारिक हस्ताक्षर गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)