पार्टीभित्रको फोहोर सफा गर्न निर्मम हुन्छु, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
nepalpress.com · Fri Sep 11 05:56:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको महाधिवेशन १ घण्टा पनि नसर्ने बताएका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महाधिवेशनको तिथि मिति कहीँ कतै सर्छ कि भनेर अलमलमा नपर्न आग्रह गरे ।
उनले भने, ‘केही दिनमा कांग्रेसको अधिवेशन प्रारम्भ हुन्छ, असोज ३ र ४ गतेबाट वडा अधिवेशन हुन्छ। असोजको १६ गतेबाट महाधिवेशनको प्रक्रिया सुरु हुन्छ। तिथिमिति कहीँ कतै सर्छ कि भनेर साथीहरूले अलमल राखेको पाए। संविधान, पार्टीको विधान र अदालतको फैसलाले हामी बाँधिएका छौँ। महाधिवेशन १ घण्टा पनि सर्दैन। अलमल नपर्नुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)