कुशे औँसी : गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरसहित)
nepallive.com · Fri Sep 11 05:59:37 GMT 2026

काठमाडौं– भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।
विशेषगरी दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको मन्दिर परिसरमा लामो लाइन लागेको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यस तीर्थस्थललाई ‘उत्तरगया’का रूपमा समेत पुजिने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भन्ने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)