कफी बार, वाटरपार्क र विलासिताः उत्तर कोरियामा सुरु भएको अनौठो उपभोग र मनोरञ्जनको लहर
clickmandu.com · Fri Sep 11 06:05:14 GMT 2026

एजेन्सी । कफी बारहरू । वाटरपार्कहरू । किनमेलको आनन्द । उत्तर कोरिया, जहाँ विलासिता वा मनोरञ्जनको सायदै कल्पना गरिन्छ, त्यहाँ अहिले रमाइलो र मनोरञ्जनको अप्रत्याशित लहर चलिरहेको छ ।
विलासी जीवनशैलीबाट स्वयं टाढा नरहेका सर्वोच्च नेता किम जोङ उन आफ्ना नागरिकहरूलाई उनीहरूको सम्पत्ति खर्च गराउने नयाँ–नयाँ उपायहरू योजनाबद्ध रूपमा अघि सारिरहेका छन् । चीनको भन्सार तथ्यांकले यसको कथा भन्छः पछिल्लो एक दशकमा उत्तर कोरियामा मसाज उपकरणहरूको आयात ४० गुणाले बढेको छ । ट्रेडमिलको आयात ६०० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । पियानो र यहाँसम्म कि ‘बम्पर कार’हरू पनि ठूलो परिमाणमा भित्रिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)