१ करोड १४ लाखभन्दा बढीको अवैध मोबाइल पार्टस र गाडी बरामद
gorkhapatraonline.com · Fri Sep 11 06:08:55 GMT 2026

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, भदौ २६ गते । पश्चिम नवलपरासीबाट प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको एक करोड १४ लाख रुपियाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्ससहित पिकअप गाडी बरामद गरेको छ । सरावल गाउँपालिका–७ स्थित भन्सार टोलमा इलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल, बीओपी भुजहवाबाट खटिएको संयुक्त टोलीले शुक्रबार चेकजाँचका क्रममा मोबाइल पार्ट्स बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)