निजी क्षेत्रसँग सम्बन्धी बजेट कार्यान्वयनमा सुधार
canadanepal.com · Tue May 26 11:31:02 GMT 2026

काठमाडौँ - सरकारको वार्षिक बजेट कार्यान्वयन प्रभावकारी देखिएको छ । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँगको सहकार्यमा सुरु गरेको ‘बजेट वाच’को तेस्रो त्रैमासको समीक्षामा बजेट कार्यान्वयनमा सुधार भएको देखिएको हो ।
सिएनआईका अनुसार चालु आवको बजेटमा समावेश निजी क्षेत्रसँग सम्बन्धित ७४ वटा बुँदामध्ये पूर्ण कार्यान्वयन बढेको पाइएको हो । गत आवको तेस्रो त्रैमासमसम्म बजेट वाचमा समेटिएको बुँदामध्ये १७ प्रतिशत पूर्ण कार्यान्वयन भएकामा चालु आवको सोही अवधिमा २७ प्रतिशत कार्यक्रम पूर्ण कार्यान्वयन भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)