१०८ डलरमा उक्लियो तेलको मूल्य, बढ्दै महँगीको खतरा
ratopati.com · Fri Sep 11 06:14:14 GMT 2026

काठमाडौँ । विश्व बजारमा कच्चा तेलको भाउ तीव्र रूपमा बढेको छ । इरानसँगको युद्ध र खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्व बजारमा लामो समयसम्म ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ता बढेपछि तेलको मूल्यमा उछाल आएको हो ।
बिहीबार लन्डनस्थित आईसी एक्सचेन्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको मूल्य केही समयका लागि प्रतिब्यारेल १०८ डलर नाघेको थियो । मे महिनायता पहिलो पटक ब्रेन्टको भाउले यो स्तर छोएको हो । दिनको कारोबार अन्त्य हुँदा ब्रेन्ट क्रुड ६ दशमलव ३ प्रतिशतले बढेर प्रतिब्यारेल १०७ डलर ६३ सेन्टमा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)