किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
barnanmedia.com · Fri Sep 11 06:04:01 GMT 2026

“बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती गाउँपालिकाको सीमावर्ती देउडी डाँडामा किङ कोब्रा उद्धार गर्ने क्रममा तिघ्रामा डसेपछि हेटौँडा अस्पतालतर्फ लाग्दै गर्दा सर्प उद्धारकर्ता राजेश थापाले छोरा रोशनलाई यति भन्नुभएको थियो । बुबालाई डसेको सर्प त्यहीँ थियो । राजेश अस्पतालतर्फ लाग्नुभयो, रोशन भने त्यही किङ कोब्रासँग घटनास्थलमै रहनुभयो ।
त्यो राजेशले उद्धार गर्न लागेको १४औँ किङ कोब्रा थियो । यसअघि १३ वटा किङ कोब्रा सुरक्षित उद्धार गरिसक्नुभएका उहाँ करिब ११–१२ फिट लामो अनुमान गरिएको उक्त सर्पलाई नियन्त्रणमा लिने प्रयासमा हुनुहुन्थ्यो । ठाउँ अप्ठ्यारो थियो । सर्पलाई सुरक्षित नियन्त्रणमा लिने प्रयास भइरहेका बेला त्यसले उहाँको घुँडाभन्दा माथि तिघ्रामा डस्यो । “त्यो ट्रयापको युद्धमा चाहिँ सर्पले जित्यो”, त्यो क्षण सम्झँदै राजेशले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)