बेनी-जोमसोम सडकखण्ड अवरूद्ध
gorkhapatraonline.com · Tue May 26 11:42:00 GMT 2026

पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । मंगलबार दिउँसो परेको वर्षाका कारण कालिगण्डकी कोरिडोर सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने सिरूवारीमा सडक माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
सडक माथिबाट पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोमा परेर ४ वटा सवारीसाधन पहिरोमा फसेका छन् । घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। लगातार पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)