अष्ट्रेलियन ब्रान्ड आईविवीद्वारा बाढी पीडितका लागि ५० लाख रुपियाँ सहयोग
corporatenepal.com · Fri Sep 11 06:15:46 GMT 2026

काठमाडौं । नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्ड आईविवी अष्ट्रेलियाका डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम् हेल्थ केयर प्रोडक्ट्स प्रालिले भोटेकोशी बाढीपीडितको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपियाँ नगद सहयोग गरेको छ ।
शुभम् हेल्थ केयर प्रोडक्ट्सले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले आईविवीका उत्पादन बिक्रीबाट प्राप्त रकममध्ये सहयोग जुटाएको हो । उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)