कुँडिएका मन मिलाएर बलियो कांग्रेस बनाउँछौं : गगन थापा
annapurnapost.com · Fri Sep 11 06:11:40 GMT 2026

स्याङ्जा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू नरम बनेको बताएका छन्। नेपाली कांग्रेस स्याङ्जाले कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा आयोजना गरेको शोकसभामा बोल्दै सभापति थापाले कांग्रेस पार्टी पुनः जाग्ने बताए। उनले सभापतिको जिम्मेवारीलाई आफूले गम्भीरतापूर्वक बुझेको भन्दै कुँडिएका मन मिलाएर बलियो कांग्रेस बनाउने विश्वास व्यक्त गरे।
‘एकताका लागि जति नरम बनेको छु,पार्टीभित्रका कमी–कमजोरी सुधार्न त्यति नै निर्मम पनि हुन सक्छु,'सभापति थापाले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)