घाँस काट्न गएका वृद्धको बाघको आक्रमणबाट मृत्यु
annapurnapost.com · Fri Sep 11 06:18:19 GMT 2026

वीरगन्ज :पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर- २ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एकजना वृद्धको मृत्यु भएको छ। गाउँ नजिकको राष्ट्रिय वनमा घाँस काट्न गएका जिराभवानी गाउँ पालिका वडा नम्बर- २ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुलाई बाघले आक्रमण गरि मारेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरेका हुन्।
प्रहरीका अनुसार गत बुधबार बिहान १० बजेतिर घरबाट घाँस काटन भनेर थारु गाउँ नजिकको जंगलमा गएका थिए। त्यसदिन उनी राती अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तहरु उनको खोजतलासमा लागेका थिए। त्यसै क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरबाट ५०० मिटरभित्र जंगलमा बाघले मारेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)