पर्सामा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु
kendrabindu.com · Fri Sep 11 06:33:16 GMT 2026

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ महादेवपटी नजिकको जंगलमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
जिराभवानी गाउँपालिका–२ काठमाडौं टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारु घाँस काट्न गाउँ नजिकैको राष्ट्रिय वनमा गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले पुष्टि गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)