धुलिखेल अस्पतालमा निर्माणाधीन सय शय्याको ट्रमा सेन्टर
ratopati.com · Fri Aug 28 17:25:08 GMT 2026

काभ्रेपलान्चोक । धुलिखेल अस्पतालले १०० शय्याको ट्रमा तथा इमरजेन्सी सेन्टर निर्माण गरिरहेको छ । नेपाल र जापान दुई देशबिचको सम्झौताअनुसार जापानको ३ दशमलव ८६ अर्ब जापानी येन (रु तीन अर्ब ६० करोड) बराबरको पूर्ण अनुदानमा भवन निर्माण भइरहेको हो ।
पटकपटकका सम्झौताबिच औपचारिक रूपमा २८ मे २०२५ मा भवन निर्माणार्थ शिलान्यास गरिएको थियो । द्रुत गतिमा अघि बढिरहेको ट्रमा तथा इमरजेन्सी सेन्टर नेपालका लागि महत्त्वपूर्ण स्वास्थ्य पूर्वाधार परियोजनाका रूपमा हेरिएको छ । अस्पताल परिसरमा निर्माणाधीन उक्त सेन्टरमा अरनिको राजमार्ग र बिपी राजमार्गबाट बिरामीको सहजै पहुँच पुग्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)