गुल्मीमा ३८ जातका कफीको परीक्षण
nagariknews.nagariknetwork.com · Fri Sep 11 06:49:25 GMT 2026

कफीखेतीका लागि अग्रणी जिल्ला गुल्मीमा ३८ जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफीखेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि उक्त परीक्षण गरिएको हो।
कफी अनुसन्धान कार्यक्रमअन्तर्गत भण्डारीडाँडामा आर्थिक वर्ष २०८२/८३ मा ३८ जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्जन गौतमले जानकारी दिए। उनका अनुसार परीक्षण गरिएका जातमध्ये तीन वटा जात सिफारिसका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा ‘गुल्मी लोकल’, ‘सेलेक्सन-१०’ र ‘एलोक्याटुरा’ रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)